रुखमा जीप ठोक्किएर दुर्घटना हुँदा भरतपुरमा एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2020 Feb 22 | 11:28 am 2450

चितवन, फागुन १०: तीव्र गतिका कारण जीप रूखमा ठोक्किँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका २४ वर्षीय नरेश कुमाल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गएराति भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८ च ५७०९ नम्बरको जीप अनियन्त्रित भएर सडक छेउमा रहेको बकैनाको रूखमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कुमालको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै नवलपरासी बुलिङटार गाउँपालिका–१ का २१ वर्षीय जीप चालक कृष्ण कुमाल र भरतपुर–१८ गुञ्जनगरका २४ वर्षीय सन्तोष बगालेको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.