रुखमा कार ठोक्किँदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 23 | 08:58 pm 1905

बाँके, असार ९ः मंगलबार दिउँसो रूखमा कार ठोक्किँएर दुर्घटना हुँदा बाँकेमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवरपरासीको कावासोती नगरपालिका ८ का २२ वर्षीय क्षितिजराज कुँवर रहेका छन् ।

बा १४ च २७८९ नम्बरको कार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका १ सिक्टामा अनियन्त्रित भई रूखमा ठोक्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.