उदयपुर, जेठ ३०ः रुखको हाँगाले लागेर उदयपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ खोटाङका २२ वर्षीय सरोज राई रहेका छन् ।
उनकाे आइतबार १२ः२० बजेको समयमा त्रियुगा नगरपालिका–७ पानीतारे स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले काटाएको रुख काट्ने क्रममा टाउकोमा हाँगाले लागेर मृत्यु भएको बताइएकाे छ ।
समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुख काट्ने क्रममा हाँगाले लागेर घटना स्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिए ।
गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।