पाल्पा, पुस ६ : रैनादेवी छहरा गाउँपालिका–८ को ४१ वर्षीय टेकबहादुर कुँवरको रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर मृत्यु भएको छ।
नजिकै रहेको खुर्साने मधुवनटारी जंगलमा रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । उक्त घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।