काठमाडौँ, असोज ३० : रूकुम पश्चिममा युवाको आक्रमणबाट प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते भएका छन् । मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको हो ।
पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो।
झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ।
घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।