रुकुम (पश्चिम)मा नेकपा समूहका एक केन्द्रीय सदस्यसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 07 | 03:10 pm 2349

रुकुम (पश्चिम), साउन २२: सरकारद्वारा प्रितबन्धीत नेत्रिवक्रम चन्द नेतृत्व (विप्लव) नेकपा समूहका एक केन्द्रीय सदस्यसहित तीन जना नेताहरूलाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य श्यामबहादुर बोहरा, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रमप्रशान्त बोहरा र रुकुम (पूर्व) अखिल क्रान्तिकारीका संयोजक हरि पुन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

जिल्लाको त्रिवेणी गाउँपालिका र छिमेकी जिल्ला रोल्पा र सल्यानका विभिन्न ठाउँमा रहेका बजार र त्यहाँका स्थानीयसँग चन्दा रकम माग गर्दै अवान्छित गतिविधी सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तीनै जनालाई  त्रिवेणी गाउँपालिका–६ को मुरूबाट पक्राउ गरेको डिएसपी खड्काले जनाए।

पक्राउ गरिएका तीनै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.