रियललार्इ पछि पार्दै युरोपको सर्वोत्कृष्ट क्लबमा बार्सिलोना

रिपोर्ट नेपाल | 2018 May 29 | 12:55 am 4444

एजेन्सी: युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै ला लिगा विजेता बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब बनेको छ ।

खेलकुदको डाटा संकलन तथा मूल्याकंन गर्ने कम्पनी ग्रेसनोटले सार्वजनिक गरेको उत्कृष्टताको वरीयताक्रममा बार्सिलोनाले ४३३३ अंक जोडेको छ भने रियलको ४१९० अंक छ ।

क्लबले चार सिजनमा गरेको प्रदर्शनका आधारमा यो वरीयता निर्धारण गरिनेछ । तर वरीयताक्रममा हालको सिजनबाट दुई तिहाई अंक निर्धारण हुन्छ ।
यस वरीयता क्रममा जर्मन क्लब बायर्न म्युनिख तेस्रो, इटालियन क्लब युभेन्टस चौथो, इंग्लिस क्लब म्यान्चेष्टर सिटी पाँचौं, फ्रेन्च क्लब पीएसजी छैटौं, एथलेटिको मड्रिड सातौं, नेपोली आठौं, टोटनह्याम नवौं र म्यान्चेष्टर युनाइटेड दशौं स्थानमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.