मोरङ, वैशाख १२ :मोरङको पत्थरीमा नग्न अवस्थामा आफ्नै डेरा अगाडि मृत्त फेला परेकी रिना बस्नेत मृत्यु प्रकरणप्रति अहिले सबैको चासो छ । रिनाको मृत्यु आत्महत्या हो कि हत्या हो भन्ने शंका, आशंका र अनुमान चलिरहेका बेला मृत्तक रिनाको पोष्टमार्टम रिपोर्ट आएको छ ।
मृतक रिनाको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा बलात्कार नभएको पाइएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । प्रतिष्ठानबाट प्राप्त प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा रिनालाई बलात्कार गरेको पुष्टि नभएको श्रेष्ठले बताएका छन् । उनका अनुसार प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाको टोलीले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
पथरी शनिश्चरे–१ त्रिवेणी चोकमा डेरा गरी बस्ने बस्नेतको मृत्यु प्रकरणमा प्रहरीले छानविन तीब्र बनाएको छ । अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जानकारी दिएको छ । तर, मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमै राखेको छ ।