काठमाडाैं, असोज १८ । खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्याको अभियोगमा आजीवन काराबास सुनाइएका योगराज ढकाल (रिगल)लाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएपछि चाैतर्फी विरोध भएको थियो । जघन्य अपराध गरेका रिगललाई कैद मुक्त गरिएको विरुद्ध सर्वोच्चमा दर्ता भएको रिटमाथी आज सुनुवाइ हुँदै कारण देखाउ आदेश जारी भएको छ ।
चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको हो।