काठमाडौं, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने निर्णय विरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ सुरु भएको छ ।
ढकालले ०७२ साल असार २८ मा नेपालगंजका चेतन मानन्धरलाई सुर्खेत रोडमा दिउँसै खुडा प्रहार गरी विभत्स हत्या गरेका थिए । जेल सजाए पाएका ढकाललाई करिब १२ वर्ष कैद बाँकी रहँदै कैद मिनाहा गरिएको भन्दै राष्ट्रपतिको आलोचना भैरहेको छ । मृतककी श्रीमती भारती शेर्पाले सर्वोच्चमा असोज २२ गते रिट दायर गरेकी थिइन् । उनले कैद मिनाहाको निर्णय खारेज गर्दै रिगललाई पक्राउ गर्ने आदेश माग गरेकी छन् ।