राैतहटमा प्रहरीको गाडी दुर्घटना दुईको मृत्यु,८ घाइते

रिपोर्ट नेपाल | 2019 Jun 26 | 07:24 am 1995

रौतहट, असार ११:  प्रहरीको गाडी दुर्घटना हुँदा दुई जना थुनुवाहरुको मृत्यु भने ८ जना घाइते भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट जिल्ला प्रहरी कार्यालय गौर जानेक्रम बालचनपुर भन्ने स्थानमा गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिकाका ४० वर्षीय रमेश कुमार चौधरी र रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका २६ वर्षीय मुकेश भन्ने निर्मल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।

घाइते भएका उहीहरु दुईको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताल प्रहरी विटका प्रहरी जवान खुसी कुमार चौधरीले जानकारी दिए ।

विभिन्न मुद्दाका चार जना आरोपी र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ६ जना प्रहरीसहित प्रहरी गाडीमा चालकसहित १० जना रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.