काठमाडौं, चैत ७ः राहदानी विभागले मंगलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । उनले भने, ‘भोलि मंगलबारका लागि ८ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म सेवा दिनेछौं ।’
यसैगरी, विभागले मंगलबार बिदाका दिनमा पनि सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिसकेको छ । राजधानी दैनिकबाट