- महेश सिंह
सिरहा, साउन १९ः लहान नगरपालिका वडा नम्बर २४ पकिटोलमा अबस्थित मनेश्वर महादेव रामजानकी मन्दिरलाई काङ्ग्रेस नेता तथा राहत अभियान्ता महेश चौधरीको जोडीले २० हजार रुपैयाँ मुल्य बराबर पर्ने डिजे साउण्ड सिस्टम खरिद गरी मन्दिरलाई दान गरेका छन् ।

हिन्दु धर्म प्रति आस्था राख्ने गाउँका हजारौं महिला र पुरुषहरु मन्दिरमा पुजा अर्चाना गर्न भक्तजनहरुको घुईचो लागेको देखिन्छ। प्राचीन सभ्यता अनुसार भगवान रामलाई साउन महिनामा झुल्लामा राखी झुलाउने गरेको इतिहास हिन्दु धर्मका ग्रन्थ भागवत र रामायणमा उल्लेख गरेका प्रमाणहरु छन् ।
समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले बिगत केही महिना देखि संचारमाध्यममा ब्यापक चर्चामा आएका हुन् ।
महेश र संगिता दिन दुःखीहरुको सहारा बन्दै गएका छन्। चर्चामा रहेका यि जोडीले ब्यक्तिगत र केही मनकारी दाताहरुको सहयोगमा कोरोना प्रभावित परिवारलाई राहत उपलब्ध गराएका छन् ।
चैत ११ गते देखि नेपाल सरकारले देश ब्यापी रूपमा बन्दाबन्दीको घोषणा गरेका थिए ।
लामो समय नेपालमा कोरोना कहरको मारमा परेका बिपन्न परिवारको सहारा बन्दै आएका राहत अभियान्ता जोडीले केही दिन अगाडि सोहि गाउँ पकिटोलमा करिब एक लाख पचास हजारको लागतमा दलित बस्तीमा पक्की ईनार निर्माण गरिदिएका छन् ।
२०३५ सालमा स्थापना भएको मनेश्वर महादेव रामजानकारी मन्दिर हालसम्म यथावतनै रहेको छ । उक्त मन्दिरको संस्थापक स्वर्गीय श्रीमती लिला कोइराला र स्वर्गीय रामेश्वर यादवले मन्दिर स्थापनाको लागि ८ आठ कठठा जग्गा मन्दिरलाई दिएका थिए ।

यादव र कोइरालामा धर्म प्रतिको आस्था झल्किन्थ्यो ।अर्को जग्गा दातमा प्रेमबहादुर कोइराला र छिमेकी मुलुक भारत मुम्बईको महेश्वर आन्द ,शंकर आचार्य अनुरागीहरुको सहयोग रहेको मन्दिरको अध्यक्ष अनिता राउत र समाजसेवी श्रीराम राउतले जानकारी दिए।
हाल मन्दिरमा ११ जना समिति रहेको उपाध्यक्ष सुभद्रा कोइराला र सुगा देवी पासमानले बताए ।
अहिले मन्दिरमा २३ काठठा जग्गा रहेको मन्दिरको पुजारी रजिया यादवले जानकारी दिए । यस्तो धार्मिक स्थल, मठ ,मन्दिर र गरिबहरुको लागि सक्ने जति सदैब सहयोग गर्ने प्रतिबधता ती जोडीले गरेका छन् ।