राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

| 2018 Jul 11 | 04:54 pm 3776

काठमाडौं, २७ असार : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिले लघुवित्त कम्पनीहरुले प्रदान गर्ने ऋणको ब्याजमा असर परेको छ । बैंक वित्तीय संस्थामा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सिआरआर) मा घटाउनुका साथै स्प्रेड दरमा गरिएको कटौतिले ब्याजदरमा असर परेको हो ।

सिआरआर सबैं बैंक वित्तीय संस्थालाई ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि वाणिज्य बैंकले ६, विकास बैंकले ५ र वित्तीय कम्पनीले ४ प्रतिशत राख्नुपर्ने व्यवस्था थियो । ‘अब सिआरआर घटेपछि बजारमा तरलता प्रवाह बढ्छ र ब्याजदरमा कमी आउनेछ,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने । ‘कि बचतको बढाउनुपऱ्यो कि कर्जाको घटाउनुपऱ्यो,। तर धेरैको स्प्रेड साढे ४ प्रतिशतकै हाराहारी भएकाले असर नपर्न पनि सक्छ ।’ यसअघि स्प्रेडदर ५ प्रतिशत थियो । यो भनेको कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर हो ।

सेयर बजारमा २० प्रतिशत मूल्य घट्दामात्रै मार्जिन कल गर्नुपर्ने व्यवस्थाले ऋण लिएका लगानीकर्तालाई भने केही राहत हुनेछ । तरलता बढेकाले लगानी बढन सक्ने सम्भावना पनि रहेको ढुंगानाले बताए । ‘तरलता बढेको र मार्जिन कलमा सहुलियत भएकाले सहज हुनसक्छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.