काठमाडाैं, चैत १ः पशुपति क्षेत्र विकास कोषसंगको समन्वयमा राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त NCC Alumni Association Nepal का ७० जना पूर्व क्याडेटहरु फागुन २७ गते महाशिवरात्री तथा सेना दिवस- २०७७ को अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुको लाईन ब्यवस्थापन, पानी वितरण, वृद्ध एवं अशक्तहरुलाई स्वास्थ्यकर्मीहरुको पहुँचमा पुर्याउने, अभिभावकबाट छुट्टिएका बालबालिकालाई आफन्तजनसंग भेटाउने लगायतका अन्य गतिविधिहरुमा स्वयंसेवकको रुपमा परिचालन भएका थिए ।

सोही अवसरमा पर्सा जिल्ला, जिरा भवानी गाउँपालिका १ स्थित जिरा भवानी मन्दिर परिसर, महादेवपट्टीमा NCC Alumni Association Nepal का ३० जना पूर्व क्याडेटहरु सरसफाई, लाईन व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रममा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा क्याडेटहरुले लागु पदार्थ दुर्ब्यसनी, ओसार पसार बिरुद्ध एक जुट हौं, महिला हिंसा विरुद्ध अवाज उठाउँ, बालअधिकारको संरक्षण गरौं, लागूऔषध रहित समाजको निर्माण हाम्रो अभियान र स्वच्छ देश स्वच्छ मधेश उल्लेख भएका प्लेबोर्डहरु सहित चेतनामूलक सन्देशहरु प्रवाह गरेका थिए ।

राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त NCC Cadet हरु स्वयंसेवकको रुपमा परिचालन भई गर्ने यस प्रकारका कार्यक्रमहरुले जनचेतना फैलने साथै युवा वर्गहरुमा राष्ट्रप्रतिको आफ्नो कर्तव्य तथा दायित्वबोध हुने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

