राष्ट्रिय सम्मानका साथ नेम्वाङ्गको विदाई

| 2023 Sep 14 | 02:38 pm 1873

काठमाडाैं, भदाै २८ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाट तर्फ लैजादै गर्दा उनको शवयात्रामा हजाराै मानिसको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए।

भदौ २६ गते हृदयघातका कारण निधन भएका नेम्वाङ्गलाई  १७ तोपको शलामी दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.