काठमाडौं, १७ पुस : राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि नेपाली कांग्रेसको बैठक केन्द्रीय कार्यलय सानेपमा बसिरहेको छ । केहीबेर अघिदेखि सानेपामा शुरू भएकाे बैठकमा संस्थापन ईतर पक्षका नेताहरू भने सहभागि भएका छैनन् ।
सभापति शेरबहादुर देउवाले पार्टी एकल ढंगले चलाएको आरोप लगाउँदै आएका वरिष्ट नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षधरहरूले बैठक बहिष्कार गर्दै आएका छन् ।
संस्थापन पक्षको बैठक चलिरहँदा ईतर पक्ष अहिले ४ बजे पछि रणनीति बनाउन महामन्त्री संशाक कोईरालाको निवास महाराजगन्जमा बस्दै छन्।
साेमबार आफ्ना पक्षका जिल्ला सभापतिहरूकाे भेलापछि बैठकमा जाने नजाने विषयमा निर्णय हुने एक सदस्यले रिपोर्ट नेपाललाई बताए ।