राष्ट्रिय सभाको बैठक पुनः स्थगित

| 2022 Jan 16 | 01:17 pm 1749

काठमाडौं, माघ २ः राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा सो बैठक बस्न नसकिएको जानकारी दिएका हुन् ।

यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते तय भएको थियो । राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.