राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

रिपोर्ट नेपाल | 2019 Apr 30 | 05:40 pm 1997

काठमाडौं, वैशाख १७ :  विभागीय टोली नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बन्‍न सफल भएको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि रक्षा गरेको हो ।

लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनल भिडन्तमा एपिएफले २५-१४,२५-९ र २५- १५ को सोझो नतिजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । अर्कातिर नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमन्ड तेस्रो बन्‍न सफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.