राष्ट्रिय ध्वजावाहाकले शुरू गर्याे गाैतम बुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान

रिपोर्ट नेपाल | 2023 Jun 13 | 11:30 am 2009

भैरहवा, जेठ ३०। लामो समय देखि अनिर्णयको बन्दी भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले आज देखि अन्तराष्ट्रिय उडानको शुभारम्भ गरेको छ ।

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाजले कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाण्डौ जाने जनाइएको छ । अब नियमित उडान हुने पनि स्वागत कार्यक्रममा बताइएको थियो । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको उडान भरेको हो ।

नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय भए पछि भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं फर्किने उक्त कार्यक्रममा बताइएको थियो ।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तर्राष्ट्रिय उडान गरेपनि नियमित हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.