राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रक्रियाअनुसार नै अघि बढ्छ : सचेतक गुरुङ

रिपोर्ट नेपाल | 2018 Jul 27 | 06:58 pm 3638

काठमाडौँ साउन ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विधेयक सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्को निर्णयबाट सदनमा प्रवेश हुने जानकारी दिए । विधेयकमा के के संशोधन हाल्ने भन्ने कुरा सरकारमार्फत आएपछि संशोधनको प्रक्रियाबाट अघि बढ्ने उनले बताए ।

आइतबार सैद्धान्तिक छलफल हुने र त्यसपछि ७२ घण्टे संशोधनको प्रक्रिया सुरु हुने जानकारी गराउँदै उनले उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.