कविता
डाँफे चरी नाच्छ हेर गुराँस फूल छेउ ।
नेपाललाई विकास गरी माथि स्वर्ग लेउ ||
रातो झण्डा फर्फराई तीन कुनाबाट ।
देशलाई स्वर्ग बनाऊँ भन्छ चरी यहाँ त ॥
हिमालझैँ उच्च सिउर माथ माथि राखी ।
चारैतिर नाची गाई हिँड्ने डाँफे चरी ॥
जागजाग नेपाली हो भन्छ फुरफुर गरी ।
देशलाई स्वर्ग बनाऊँ विश्व रम्ने गरी ॥
पूर्व मेची पश्चिम काली डाँडाकाँडा खाली ।
सबै देश दीक्षित भए अब हाम्रै पालि |
कुरा होइन काम गरी देश अघि बढाऊँ ।
अन्याय र ढिलासुस्ती पशुपतिमा चढाऊँ ॥
डाँफे चरी राष्ट्रिय चरी बस्छ हिमाल मनि ।
नेपालको वातावरण बुझ्छ भुरभुर गरी ॥
कैले मधेस कैले पहाड यताउति घुमी ।
ब्यूँझ ब्यूँझ मानव हो भन्छ डुलीडुली ||