राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा बिपन्न परिवारलाई राहत वितरण

रिपोर्ट नेपाल | 2022 Feb 06 | 08:49 am 1909

  • महेश सिंह

सिरहा, माघ २२ः राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा १ सय ९ घर धुरी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ। सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ ,५, ८, र १० मा वितरण गरेका छन्।

No description available.

गोलबजार नगरपालिका भित्र रहेका धर्मपुर, मुक्सार, चोहर्खा सदाय टोल लगायत ठाँउहरुमा राहत सहयोग गरेका हुन्। मजदुरी बाहेक अरु आमदानीको श्रोत नभएको र भुमिहिन सुकुम्बासी र ज्यालादारीमा काम गर्ने ब्यक्तिहरुलाई राहत सहयोग गरीएको कृषक महासंघका प्रतिनिधि राम सेवक रामले बताए।

गोलबजार नगरपालिका भित्रका ५ पाँच वटा वडाका जम्मा १ सय ९ घर धुरी अति बिपन्न परिवारलाई दुई महिना खान पुग्ने दाल, चामल, लगायत प्रती ब्यक्ति १३ तेह्र हजार ३ सय ३३ रुपैया मुल्य बराबरको राहत सहयोग गरीएको बताए।

पछिल्लो बर्षहरुमा पनि महासंघले बिपन्न् बस्तीहरुमा राहत सहयोग गरेको राष्ट्रिय कृषक समुह महासंघ नेपालका जिल्ला अध्यक्ष प्रदीप सिंह दनुवारले बताए।

उक्त राहत जनप्रतिनिधि तथा वाडा नम्बर ८ का वाडा अध्यक्ष नागेन्द्र सिंह महतोको रोहवरमा वितरण गरेका थिए। महतोका अनुसार महासंघ र केयर नेपालको सहयोगमा बिपन्न समुदायमा जाडो मौसममा काम गर्न कठिन हुँदा गरिब दलितहरुलाई राहत सहयोग गरेको उनले बताए।

राहत पाकाएका बिपन्न परिवारहरुले खुशी हुँदै आयोजक संस्थाहरुलाई धन्यवाद दिदै राहत लिएर घर फरर्किएका थिए। महासंघले समाजमा विभिन्न किसिमको समस्यामा परेका किसानहरुको हक हितको लागी काम गर्दै आएका छन्। सिरहा, सप्तरी लगायतका किसानहरुको समस्या सुने संस्थाको रूपमा चर्चित रहेका जिल्ला परियोजना अधिकृत दिलिप कुमार साहले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.