काठमाडौं, बैशाख २४: आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो।
मनाेनयन दर्ताका लागि विहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोतकेको छ। उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ।
माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन्। एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिनसकेको बुझिएकाे छ।