काठमाडौँ २९ फागुन / राष्ट्रिय सभा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्
राष्ट्रिय सभाको अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेस उम्मेदवार युवराज शर्माले आवश्यक मत पाउन सकेनन्। उम्मेदवारी दर्ता क्रम अनुसार शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा सुरुमा मतदान भएको थियो। प्रस्तावको पक्षमा १७ मत मात्रै परेको छ।
राष्ट्रियसभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले कांग्रेसका उम्मेदवार शर्माको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गर्दा उनको प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भएसँगै प्रस्ताव अस्वीकृत भयो ।