राष्ट्रियसभाका सांसदको शपथ फागुन २१ गते

| 2024 Feb 29 | 02:24 pm 1337

काठमाडौँ १७ फागुन / नवनिर्वाचित राष्ट्रियसभाका सांसदको शपथ ग्रहण कार्यक्रम आगामी फागुन २१ गते सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान साे दिन ११ः३० बजे हुने तय भएको हो ।

उक्त दिन शपथ हुने भएकाले उपस्थितिका लागि राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई संघीय संसद् सचिवालयले अनुरोध गरेको छ ।

संसद् सचिवालयले बिहीवार जारी गरेको विज्ञप्तिराष्ट्रियसभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचित सदस्यहरूको शपथको कार्यक्रम फागुन २१ गते सोमवार बिहान ११ः३० बजे ल्होत्से हलमा हुने भएकाले भएकोले उपस्थितिको लागि निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ।

नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी ल्याउन पनि संसद् सचिवालयले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.