रुपन्देही, फागुन २: राष्ट्रियसभाका सदस्य नेपाली कांग्रेसबाट विजयी उम्मेदवार दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।
रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए।
उनी लामो समयदेखि क्यान्सरको बिरामी रहेको र आज बिहान भैरहवामा निधन भएको पाण्डेले बताए। उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए।
हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए। २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए। उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।