राष्ट्रपति सीको भ्रमणको सुरक्षा व्यवस्थाबारे छलफल गर्न चिनियाँ राजदूत र गृहमन्त्रीबीच भेट

रिपोर्ट नेपाल | 2019 Sep 22 | 03:24 pm 1441

काठमाडौँ, असोज  ५ : नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणको सुरक्षा व्यवस्था बारे छलफल गर्न भेट गरेकी छन् ।

गृहमन्त्री थापासँग राजदूत यान्छीले आफ्ना राष्ट्रपतिको असोज अन्तिम साता हुने भनिएको भ्रमणका बेला नेपाल सरकारले गरिरहेको सुरक्षा व्यवस्था बारे जानकारी लिन र आवस्यकताहरु बारे जानकारी दिन भेट गरेकी हुन्। सिंहदरबारमा गृहमन्त्री थापा र राजदूत यान्छीबीच छलफल जारी रहेको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने तय भएपनि सरकारले मिति भने सार्वजनिक भइसकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.