काठमाडौं, असाेज २९: चीनका राष्ट्रपति सी जिनपीङको स्वागत गर्न सहयोग गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पुर्ण नेपालीहरुलाई धन्यवाद दिएकी छन्।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई न्यानो स्वागत गर्दै ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनी, सुरक्षा अङ्ग, आमसंचार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद ! महामहिमको यस भ्रमणबाट जनतामा देखिएको खुशी र उत्साह साकार पार्न मेरो अनवरत प्रयास हुनेछ।’ भनि लेखेका छन् ।
चिनियाँ राष्ट्रपति सी २ दिने भ्रमणमा गत असोज २५ गते नेपाल आएका थिए। भ्रमणका क्रममा केहि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।