काठमाडौं, चैत ९: आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीबीच भेटघाट गरेका छन्।
राष्ट्रपति निवास शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटघाट गरेका हुन्। प्रधानमन्त्रीले राष्ट्रपतिसँगको भेटमा देशको अहिलको अवस्थाबारे जानकारी गराएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
थापाले बताए अनुसार अहिले विश्वभर कोरोनाको त्रास फैलिएको छ। नेपाल सरकारले पनि कोरोना रोकथामको लागि तिव्र तयारी गरिसकेको छ’ ‘त्यही बिषयमा प्रधानमन्त्रीज्यूले राष्ट्रपतिसामु जानकारी गराउनुभएको छ।’
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको राष्ट्रिपतिसँगको पहिलो पटक भेट हो।