राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट : अध्यादेशबारे जानकारी

| 2021 Aug 17 | 03:48 pm 2213

काठमाडौँ भाद्र १ : प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर फर्किएका छन् ।

शितलनिवासमा भएको भेटमा प्रधानमन्त्री देउवाले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्दै ल्याएको अध्यादेशबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गराउनुभएका प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका हुन् ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन भए दल विभाजन गर्न पाउने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.