राष्ट्रपति भण्डारी आइतबार अमेरिका जाँदै

रिपोर्ट नेपाल | 2019 Mar 05 | 05:18 pm 1596

काठमाडौँ, फागुन २१ : राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका लागि अमेरिका जाने भएकी छन् ।  राष्ट्रपति भण्डारी ‘कमिसन अन द स्टाटस अफ वमेन’को ६३ औँ सेसनमा भाग लिन फागुन २६ गते अमेरिकाको न्यूर्योक जाने भएकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै सो भ्रमण महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा कार्यक्रम आयोजना हुँदै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.