काठमाडौं, माघ २५: राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शनिबार उपत्यकामा भूकम्पले भत्काएपछि पुनःर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन गरेकी छिन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काठमाडौको रानीपोखरी, दरबार हाइस्कुल, धरहरा, बसन्तपुर दरबार क्षेत्रलगायत स्थानमा पुनर्निर्माण हुँदै गरेका भैतिक संरचनाको अवलोकन गर्दै जानकारी लिएकी हुन् ।
शीतल निवासबाट रानीपोखरी पुगेकी राष्ट्रपति भण्डारीले त्यहाँको निर्माण प्रगतिको जानकारी लिइसकेपछि दरबार हाइस्कुलको अवलोकनमा पुगेकी थिइन् । त्यसपछि धरहरा क्षेत्रको अवलोकनमा पुगेकी उनले बसन्तपुर दरबार क्षेत्रको समेत अवलोकन गरेकी थिइन् ।
अवलोकन भ्रमणपछि राष्ट्रपतिले पुनःर्निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्दै निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न लाग्न सम्बिन्धित निकाय सबैसँग आग्रह गरेकी थिइन् ।
राष्ट्रपतिलाई पुनःर्निर्माणमा भएका सम्पदाको प्रगतिबारे जानकारी प्राधिकरणका सीईओ सुशील ज्ञवालीलगायतले गराएका थिए ।