राष्ट्रपति भण्डारीद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाताको पूजा

रिपोर्ट नेपाल | 2021 Nov 10 | 04:54 pm 1977

काठमाडौं, कात्तिक २४ः राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको पूजा अर्चना गरेकी छन् । उनले बुधबार कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरी मनाइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्य देवको राधना, उपासना र पूजा गरिन्छ । यो पर्व सोमबारदेखि शुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.