काठमाडाैं, मंसिर ३ः राष्ट्रपति विद्यादेवी भण्डारीले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बममोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
