मुस्ताङ, कार्तिक १३ः हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेकी छिन् ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुगेकी हुन् । बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रति सवार हेलिकोप्टर ल्याण्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकरी दिए ।
राष्ट्रपति भण्डारीले हिन्दु तथा बौद्धमार्गीहरुको पबित्र तीर्थको रुपमा लिइने मुक्तिनाथ मन्दीरमा पूजा गरिएकाे मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।