काठमाण्डौ २५ फागुन / महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । महाशिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार करिब पाँच बजे राष्ट्र्पति पौडेल पशुपतिनाथ मन्दिर पुगेका थिए ।
परम्परा तोड्दै राष्ट्रपति हिँडेरै मन्दिर पुगेका छन् । यसअघि राष्ट्रपति सवारी साधानमै कोर क्षेत्रमा पुग्ने परम्परा थियो । तर, योपटक सवारी कोर एरिया पुगेन ।
शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन् । उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ ।
शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।