काठमाडौँ, कार्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । मुलुक भूकम्पको विपत्तिमा परेको बेला राष्ट्रपति पौडेल विदेश भ्रमणमा जान नचाहेका कारण उनकाे भ्रमण स्थगित गरिएकाे राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
२२ कात्तिकमा युरोपेली मुलुक फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । भ्रमणका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको थियो।