राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

रिपोर्ट नेपाल | 2018 Nov 08 | 09:20 am 2064

काठमाडौं, कात्तिक २२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसन्सलाई पदबाट हटाएका छन् । ट्विटरमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले सेसन्सको स्थानमा चिफ अफ स्टाफ म्याथ्यु ह्वीटकरलाई अस्थायी नियुक्ति दिएका छन् ।

उनले यसको जानकारी ट्वीटरमार्फत दिदै भनेका छन्, ‘सेन्शसको ठाउँमा अस्थाई रुपमा उनका चिफ अफ स्टाफ मैथू ह्वटकरले काम सम्हाल्‍ने छन्।जेफ सेन्शसलाई सेवाका लागि धन्‍यवाद साथै भविष्‍यको लागि शुभकामना व्‍यक्त गर्दछु।’

ट्विटरमा राष्ट्रपति ट्रम्पले सेसन्सलाई अहिलेसम्मको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामनासमेत दिएका छन् । यता सेसन्सले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिको निर्देशनमा आफूले राजीनामा दिन लागेको जानकारी गराएका छन् ।

राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको पत्रमा आफ्नो कार्यकालमा अमेरिकामा कानुनको शासन स्थापित गर्न सफल भएकोमा खुसी लागेको जनाएका छन् । राष्ट्रपति ट्रम्पले कानून व्यवस्था सम्हाल्ने आफ्ना शीर्ष अधिकारीमाथिको विश्वास गुमाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.