काठमाडौ, बैशाख २३ः नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आम नेपाली नागरिकको तर्फबाट पत्र लख्दै कोरोना परीक्षण नगरेर अनि कुर्सी टासिंएर जोखिमपूर्ण संसदको बजेट अधिवेशन गर्नुको सट्टामा टुडिखेल वा सिंहदरबारको मैदान झै खुला स्थानमा बजेट अधिवेशन गर्न अनुरोध गरेका छन् ।
नेविसंघका पूर्व कावा अध्यक्ष समेत रहेका नेता भण्डारीले राष्ट्रपति सहित सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा लगायत प्रतिपक्षी दललाई बोदार्थ दिदै प्रश्न गरेका छ्न् – कि लकडाउन उलंघन र कोरोना बारे नागरिक र सांसदहरुबीच फरकफरक मापदण्ड हो र ? नत्र कसरी थर्मल गनले तापक्रम नाप्दै, साबुनपानीले हात धोएर, टेबुलमा सेनेटाईजर राखेर र माईकमा स्प्रे जस्ता हास्यास्पद काम गरेर संसदमा कुर्सी जोडि सामाजिक दुरी ६ फिट बेगरै बैठक गरिदैछ ?
नेता भण्डारीले भने त्यस्तो हो भने भारतीय सिमानाबाट अवैध संक्रमित घुसपैठलाई रोक्दै अब सबै क्षेत्रमा होटेल- रेष्टुरेन्ट, शिक्षण संस्था, बैक, बजार र गाडीहरू पनि सोहि पद्धतिमा अझै ६ फिट दुरी अपनाएर खोल्न किन हुँदैन सरकार ? भनेर व्यंग्य समेत गरेका छन् ।
उनको भनाईमा बजेट अधिवेशनमा सांसद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरेर हजार जनाको भिडभाडले ठुलै कोरोना जोखिम निम्तिन सक्ने बैज्ञानिक आधार छन् ।
युवानेता भण्डारीले गरिबहरु सिमाना मै महिनौं दिन रोकिने ? हप्तौं राजमार्ग मा हिडेर घर फर्कन नपाउने ? अस्पतालमा इमर्जेन्सी बाहेक अरु सेवा नपाउने तर हुनेखाने फुत्त फुत्त गाडीमा हुकिने हो भने यो त ठुलालाई चैन र सानालाई ऎन हुने बताए ।
भण्डारीले नेपाली नागरिकको संविधानप्रद्धत समानता हक समेत यो बलमिच्चाईकाे कुण्ठित भएको दाबी गर्दै भोलि यही शैलीमा प्रदेश, नगर र गाउँले बजेट अधिबवेशन गर्न थालेमा कोरोनालाई कसले रोक्छ भनेर प्रतिप्रश्न समेत गर्दै सच्चाउन माग गरेका छन् ।