काठमाडाैं, पुस १२ः राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि आह्वान गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतबार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।
राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा भने गत पुस ५ गते नै विघटन गरेकी थिइन् ।