राष्ट्रपतिबाट बेलायतका राजदूत आचार्यले लिए शपथ

| 2022 Feb 16 | 03:22 pm 1349

काठमाडाैं, फागुन ४ः बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

साे अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  सरकारको निर्णयानुसार राष्ट्रपतिले यसअघि नै आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.