राष्ट्रपतिद्वारा थप एक अध्यादेश जारी

रिपोर्ट नेपाल | 2021 May 05 | 04:05 pm 2701

काठमाडाैं, बैशाख २२ः बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.