काठमाडौँ ८ असोज । राष्ट्रपति भएपछि पहिलोपटक राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेलले अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी भएका छन् । राष्ट्रपति पौडेललाई जानकी मन्दिरका मूल पुजारीले स्वागत गरेका थिए ।
महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल सोमबार बिहान जनकपुर आएका हुन् ।
राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।