रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा, दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 09 | 11:29 am 1688

रामेछाप, वैशाख २६:  मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठ रहेका छन् ।

उनीहरु पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको बताए । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयवासीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.