रामेछाप, असार ८: आईतबार बिहानै रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना भएकाे छ । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएक छन् ।
खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नम्बरको नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवम् प्रहरी निरीक्षक शेख अदालतका अनुसार दुर्घटनामा सिन्धुली खुर्कोटका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
चालकसँगै गएका सिन्धुलीका अन्दाजी १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिए ।