रामपुर प्रहरीले देखायो गजबको प्रगती

रिपोर्ट नेपाल | 2018 Jul 17 | 05:56 pm 4364

पाल्पा,साउन १ : ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले आफ्नो  एक महिने प्रगती विवरण सार्वजनिक गरेको छ । असार १ गते देखि ३२ गते सम्म सञ्चालन गरेको बिशेष सवारी चेक जांच तथा अन्य विविध सुधारात्मक कार्बाही अभियान थालेपछि अहिले त्यस क्षेत्रमा राजश्वमा बृद्धी हुनुको साथै लापरवाहि गर्नेहरु समेत लाइनमा आएका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार  चेकजांचको क्रममा बिभिन्न सवारी साधनहरु चेकजांच गर्दा १४५ वटा सवारी साधनहरुलाई साथमा बिलबुक तथा सवारी चालक अनुमति पत्र नभएको र मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको लगायतका कसूर गरेकोले सवारी साधनहरुलाई कार्वाही गरि जम्मा रु १ लाख २५ हजार राजश्व संकलन गरिएको छ ।

जुन अघिल्लो ६ महिनाको भन्दा ९ हजारले बढि हुन आउंछ । अघिल्लो ६ महिनामा सवारी चेकजांच बाट मात्र रु १ लाख १६ हजार राजस्व संकलन भएको थियो। चेकजांचको क्रममा बिलबुकको लामो समय सम्म पनि नबिकरण नगरि सवारी संचालन गरिरहेका जीप, बस, ट्याक्टर, कार र मोटरसाइकलहरु समेत  ९५ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई यातायात ब्यबस्था कार्यालय बर्तुङ पाल्पामा राजस्व बुझाउन लगाईएको  थियाे । जसबाट नेपाल सरकारलाई  रु ९,५०,००० (नौ लाख पचास हजार) राजस्व एक महिनाको अबधिमा जम्मा गर्न सफल भएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरले संचालन गरेको चेकजांचको अभियानको कारण नबिकरण बिना संचालनमा रहेका सवारी साधनका सवारी धनीहरुले सवारी साधन नबिकरण गर्न यातायात ब्यबस्था कार्यालय बर्तुङमा घुइचाे लागेकाे छ ।

चेकजाचकै क्रममा २ वटा बजाज को २२० सिसि पल्सर मोटरसाइकल शंकास्पद देखिएको हुंदा उक्त मोटरसाइकलको बारेमा अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएकाे छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय रामपुरले संचालन गरेको बिशेष अभियानको क्रममा अबैध घरेलु मदिरा नियन्त्रण गर्ने कार्यलाई कडाईका साथ कार्यान्वयन गर्दै पहिलो चरणमा बिक्रि बितरण गर्ने कार्यलाई निरुत्साहित पार्ने काम पनि भइरहेकाे छ ।  कार्बाहीबाट रामपुर स्थित बेजाड बजार र किसनबारी लगायतका आसपासको ईलाका बाट अन्दाजी १२०० लिटर अबैध मदिरा नियन्त्रणमा लिई जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरि  दोहोरिन नदिन सम्बन्धितहरुलाई प्रशिक्षणसहित सचेत समेत गराइएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरले स्थानीय नागरिकहरुसंगको सम्बन्ध सुधार गरि जनमानसमा प्रहरी प्रतिको धारणामा सकारात्मकपना ल्याउने अभियान अनुरुप बिशेष गरि नव आगन्तुक प्रहरी निरीक्षक भोजराज पाण्डेयको आगमन पश्चात रामपुर, निस्दी, केलादी र हुंगिमा गरिएको अन्तर्कृयामा अन्दाजी  एक हजार पाच सय  जनासंग प्रत्यक्ष रुपमा घर आंगनमा सहभागि भई धारणा, सुझाब तथा कार्यगत स्पष्टताको बारेमा अन्तर्कृया  समेत गरिएको बताइएकाे छ ।

जनचेतनाको माध्यमबाट नागरिकहरुलाई बिभिन्न खालका अपराधहरुको बारेमा जानकारी दिने, अपराध तथा दुर्व्यसनीबाट बच्न अपनाउनु पर्ने साबधानीको बारेमा प्रशिक्षणको माध्यममबाट जानकारी दिने अभिप्रायले जल्दो बल्दो राष्ट्रीय समस्याको रुपमा रहेको जर्बजस्ती करणी अपराध र बहुबिबाहको बारेमा रामपुर नगरपालीका  बेजाड र केलादी स्थित रहेका २ वटा वडाहरुमा सचेतना कर्यक्रम संचालन गरिएकाे थियाे । ट्राफिक चेतनाको माध्यमबाट दुर्घटना न्यूनीकरणमा बिशेष पहल गर्ने अभिप्रायले रामतुलसी माबिमा कक्षा १२ मा अध्यनरत  बिधार्थी अध्यापकहरु समेतलाई  प्रशिक्षणको माध्यमबाट जानकारी गराईएको थियाे।

बिधालयहरुमा बर्खे बिदा रहेको र स्कूल संचालन हुनासाथ ईलाकाको सम्पूर्ण बिधालयहरुमा कक्षा ८ देखि माथि १२ सम्मका बिधार्थीहरुलाई  साइवर अपराध, लागु औषध दुर्व्यसन र ट्राफिक कक्षाको बारेमा प्रशिक्षण प्रदान गरिने कार्यतालिका बनाईएको निरीक्षक पाण्डेले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.