पाल्पा, साउन २५: प्रविधिको विकास संगै बढ्दै गएका विभिन्न खालका अपराधिक तथा अन्य नवीनतम चुनौतीहरुलाई प्रविधिको प्रयोग गरि निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखि कार्यान्वयन गर्नु अपरिहार्य रहेकोले ईलाका प्रहरी कार्यालय रामपुरले कार्यालयको परिसर तथा कम्पाउण्ड, कार्यालयको अत्यन्त सम्बेदनशील मानिने थुनुवा कक्ष र कार्यालय कम्पाउण्डको पुर्व पश्चिम सडक समेतलाई अनुगमन हुने गरि आज शुक्रबार सिसिटिभि जडान गर्ने कार्य सम्पन्न गरेको छ ।
नेपाल प्रहरीको निम्ति प्रमुख चुनौतीको रुपमा रहेको आधुनिक अपराध र अपराधिक कार्यहरू बढ्दै गैरहेको कारणले बैज्ञानिकीकरण मार्फत रोकथाम र न्यूनीकरण गर्न तथा ईलाकाको भरपर्दो शान्ति सुव्यवस्था एवं अमनचयन कायम गर्ने एवं प्रविधि मैत्री रामपुर बनाउने अभियानलाई यस्ता कार्यले थप टेवा पुग्ने देखिन्छ ।
सुनचांदी व्यबसायी संघ रामपुर र ईलाका प्रहरी कार्यालय रामपुरको संयुक्त प्रयासमा उक्त जडान कार्य सम्पन्न भएको थियो ।