राप्रपा महाधिवेशन: नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता

रिपोर्ट नेपाल | 2021 Dec 02 | 08:16 am 1669

काठमाडौं, मंसिर १६ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा शुरु भएको छ । कमल थापाको नेतृत्वमा रहेको राप्रपा, पशुपतिशमशेर जबराले नेतृत्व गर्नुभएको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेकाे एकीकृत राप्रपा राष्ट्रवादी बीचको एकतापछि हुन लागेको यो महाधिवेशनमा सहमतिमा नेतृत्व चयनलाई पहिलो प्राथमिकता दिइएको छ ।

अधिवेशनमा नेतृत्वको दाबी गर्दै वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रेका छन् । थापालाई राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणालगायतका नेताहरूको समर्थन छ भने लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणालगायतका नेताहरूको समर्थन रहेको छ ।

बुधबार महाधिवेशन उद्घाटन कार्यक्रममा राप्रपाका संस्थापक नेता चन्दले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नु उपयुक्त हुने बताए । राप्रपाका अध्यक्षद्वय राणा र लोहनीले पनि सहमतिमै नेतृत्व चयन होस् भन्ने हेतुले यो अधिवेशनमा नेतृत्व दाबी नगरेको उल्लेख गर्दै सहमतिका साथ नेतृत्व चयन गर्न अझै प्रयास भइरहेको बताएका थिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.