काठमाडौं, चैत्र १ : कमला थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज अन्तिम दिन आमसभामा परिणत भएर सम्पन्न भएको छ ।
मेचीकाली स्वाभिमान यात्रा नाम दिइएको यात्राको ताप्लेजुङ जिल्लाको शक्तिपीठ पाथीभारा देवीको पुजा अर्चना गरी संकल्प लिई शुभारम्भ गरिएको थियाे ।

वैदी सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रको नारा बोकेर निस्किएको राप्रपाले आज काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कलश यात्रा गरेको थियो ।
कलश यात्रामा अध्यक्ष कमल थापासहित हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । शहर परिक्रमापछि भृकुटी मण्डपको मेन सडकमा आमसभा शुरु भएको छ ।
